info@nhpc.org.np BETA
We are pleased to announce that our online IMS form has been opened for the registration.

नेपाल स्वास्थ्य व्यवसायी परिषद

 

नेपालमा स्वास्थ्यकर्मीहरुको तालिम तथा उत्पादनको इतिहास लामो छैन । पहिलो पटक वि.सं. १९९१ (सन् १९३४) सालमा सिभिल मेडिकल स्कूल को स्थापना गरी कम्पाउण्डर  र ड्रेसर   को तालिमबाट स्वास्थ्यकर्मीहरुको उत्पादन शुरु भएको हो । त्यसपछि २०१३ (सन् १९५६) सालमा सिभिल मेडिकल स्कूललाई समेत गाभेर हेल्थ असिस्टेन्ट स्कूल  बनाइयोे भने त्यसै साल नर्स ट्रेनिङ्ग स्कूलको पनि स्थापना गरीयो । त्यसको ६ बर्षपछि २०१९ (सन् १९६२) सालमा काठमाण्डौंमा असिस्टेन्ट हेल्थ वर्कर स्कूल  र विराटनगर र भरतपुर (चितवन) मा अ.न.मी. ट्रेनिङ्ग स्कूलको स्थापना गरियो । पछि २०२४ (सन् १९६७) मा नेपालगंजमा पनि अ.न.मी. स्कूलको विस्तार गरियो । 

Read More

Graphical Chart