जरुरी सूचना
नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन २०५३ को दफा २० ले परिषदमा दर्ता नभएको व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्य व्यवसाय गर्न पाउने छैन भन्ने उल्लेख भएको र स्वास्थ्य सेवा ऐन २०५३ को दफा ८४ उपदफा १ (ग) ले समेत परिषदमा दर्ता नभएमा सेवा वहाल नरहने व्यवस्था गरेको छ । स्वास्थ्य सेवालाई गुणस्तरिय, मर्यादित बनाउने यस प्रावधानलाई ध्यान नदिई कतिपय स्वास्थ्य संस्थाहरुले परिषद दर्ता नभएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रवाहमा समावेश गराएको जनगुनासो समेत प्राप्त भएकोले परिषद दर्ता नभएका कनै पनि स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा प्रवाहमा समावेश/नियुक्ति नगर्नु हुन सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुलाई जानकारी गराइन्छ साथै कुनै स्वास्थ्यकर्मीहरुले परिषद दर्ता विना वा अद्यावधिक/नविकरण नगरिकन स्वास्थ्य सेवा प्रवाहको कार्य नगर्नहुन र यदि कसैले गरिरहेको भए एक महिना भित्र व्यवस्थित गर्नहुन अनुरोध गरिन्छ । परिषद दर्ता नगरी स्वास्थ्य सेवा सम्बन्धी काम गरेको पाइएमा नेपाल स्वास्थ्य व्यवसायी परिषद नियमावली २०६९ को उपनियम ३५(१)(संशोधन समेत) अनुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको निमित्त अनुरोध छ ।
977-1-4373118, 977-1-4375079
977-1-4650257
admin@nhpc.org.np
Nepal Health Professional Council (NHPC)
Bansbari, Kathmandu, Nepal