info@nhpc.org.np BETA

सार्वजनिक अपिल COVID-19 सम्बन्धित

नेपाल स्वास्थ्य व्यवसायी परिषद्
(नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन,२०५३ बमोजिम स्थापित)
बासँबारी, काठमाण्डौंको
सार्वजनिक अपिल

हाल विश्वमा महामारीको रुपमा फैलिएको COVID-19 बाट नेपाल पनि उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठन (WHO) ले प्रष्ट पारिसकेको छ । यस विषम परिस्थितिलाई मध्यनजर राख्दै नेपाल सरकार COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको २०७६ चैत्र ५ गतेको बैठकबाट सभा सम्मेलन, आवत जावत तथा भिडभाड कम गर्नको लागि निर्णय भएको सर्वविदितै छ । तसर्थ यस परिषदसंग आवद्ध स्वास्थ्य व्यवसायीहरु अत्यावश्यक काम बाहेक हिडडुल तथा सभा सम्मेलन नगर्नु नगराउनु हुन तथा COVID-19 को Prevention मा आ–आफ्नो कार्य क्षेत्रबाट सक्रिय योगदान पुर्याउनु भई आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न परिषद सरोकारवालाहरुलाई अनुरोध गर्दछ ।

रजिष्ट्रार
नेपाल स्वास्थ्य व्यवसायी परिषद